Monday, July 08, 2013

म पग्लिदिउला

तिमी फूल भई मुस्कुराइरहने भए
म सुगन्ध भयर फैलिरहुला
तिमी जून भई झिल्मिलाइरहने भए
म तारा बनेर सघाइरहुला
तिमी बर्षा भएर बर्षिरहने भए
म धर्ती भएर रुझिदिउला
तिमी आगो भएर दन्किरहने भए
म मैन भई पग्लिदिउला

तिमी मयूर भएर नाचिरहने भए
म कोईली भएर गाइदिउला
तिमी नदी भई बगिरहने भए
म सागर भएर पर्खिरहुला
तिमी घाम भएर उदाइरहने भए
म हिमाल भएर कुरिदिउला
तिमी आगो भएर दन्किरहने भए
म मैन भई पग्लिदिउला

तिमी लता भएर बढिरहने भए
म बृक्ष भयर उभिदिउला
तिमी पवन भई चलिरहने भए
म पतिङ्गर भएर उडिदिउला
तिमी एक्लो भएर लडिरहने भए
म शाहस भई उठाइरहुला
तिमी आगो भएर दन्किरहने भए
म मैन भई पग्लिदिउला

No comments: